दमक उद्योग वाणिज्य संघको आयोजनामा रोजगार मेलाको तयारी तीव्र

दमक, १२ असार / झापाको दमकमा हुन लागेको रोजगार मेलाको तयारी तीव्र पारिएको छ । मेला आयोजनाको आयोजक संस्था दमक उद्योग वाणिज्य संघलेआज आफनै सभाहलमा पत्रकार सम्मेलन गरि यहि असार १४ गते हुने वृत्ती परामर्श तथा रोजगार मेलाको तयारी तीव्र पारिएको जनाएको हो ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापा , उपप्रमुख रेगिना भटटराई प्रसाईको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष गोपाल गुरागाईले मेलाको तयारीमा भईरहेको विविध विषयमा जानकारी गराए । एकदिने मेलामा तालिम प्रदायक संस्था,रोजगारी अवसर खोजीरहेका युवाहरुको उल्लेखीय सहभागिता रहने उनले जानकारी दिए।
उनका अनुसार मेलामा विधार्थीहरु तथा युवाहरुले वृत्ती परामर्श सेवा तथा जानकारी पाउनुका साथै विभिन्न सीपमुलक तालिम दिने संस्थाहरुको प्रर्दशनी ,तालिमको जानकारी दिइने,रोजगार सम्वन्धी सूचना दिइनुका साथै रोजगारदातासंग प्रत्यक्ष भेटघाट , तालिमको जानकारी ,रोजगारको अवसर प्राप्त गर्न सकिने छ । स्थानीय कस्मिक पार्टी प्यालेशमा हुने मेला भव्य रुपमा सम्पन्न गर्न संघका वरिष्ठ उपाध्यक्ष तथा प्रर्दशनी तथा महोत्सव ब्यवस्थापन समितिका संयोजक राजु खड्काको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । दमकमा यसअघि गतवर्ष पनि सोहि कार्यक्रम सञ्चालन गरिएको थियो ।
उक्त मेला दमक नगरपालिकाको आर्थिक सहयोग तथा स्वीस परियोजना हेल्भेटासको प्राविधिक सहयोग रहने संयोजक खड्काले बताए ।त्यस अवसरमा दमक नगरपालिकाका प्रमुख थापा, उपप्रमुख भटटराईले स्थानीय आवश्यकतालाई पूरा गर्न यस रोजगार मेला उपयोगी हुने औल्याएका थिए । उनीहरुले प्राविधिक, प्रशासनिक क्षेत्रको ब्यक्ति,श्रमिक वर्ग,उधोग ब्यवसाय क्षेत्रका रोजगारदाताको पनि रोजगार मेलामा प्रतिनिधित्व हुने भएकाले रोजगारदातालाई आवश्यकता अनुसारको जनशक्ति उपलब्ध गराउन वृत्ति परामर्श तथा रोजगार मेलाले मद्धत गर्ने विश्वास व्यक्त गरेका थिए ।
पत्रकार सम्मेलनमा संघका पदाधिकारी,सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

