पेट्रोलको मूल्य बढ्यो,ग्यास घट्यो

झापा / पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । स्वचालित मूल्य प्रणालीअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमले मंगलबार राती १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा ९ रुपैयाँ, मटीतेल र डिजेलमा ७ रुपैयाँका दरले बढाएको छ ।


इण्डियन आयल कर्पोरशन (आइओसी )ले निगमलाई पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचीका आधारमा मूल्य समायोजन गरेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । प्रवक्ता ठाकुरका अनुसार आईओसीले मंगलबार पठाएको नयाँ मूल्यमा डिजेल र मटीतेलको प्रतिलिटर ७ रुपैयाँ ८६ पैसा छ भने पेट्रोल ८ रुपैयाँ १४ पैसा वृद्धि भएर आएको छ । यस्तै खाना पकाउने एलपी ग्यासमा ११७ रुपैयाँ घटेर आएको छ ।
निगमले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्दा उपभोक्तालाई प्रतिलिटर पेट्रोल खरिद गर्दा १७० रुपैयाँ पर्नेछ भने डिजेल र मटीतेलमा १५० रुपैयाँ खरिद पर्नेछ । यस्तै खाना पकाउने ग्यासमा १३० रुपैयाँले घटाउँदा १ हजार ६ सय ६० रुपैयाँ पर्नेछ ।
सरकारले साउन १ गते देखि लागु हुने गरी स्वचालित मूल्य प्रणाली कार्यान्वयन ल्याएको हुँदा सोही अनुसार मूल्य पेट्रोल र डिजेलमा मूल्य बढाएको र ग्यासमा घटाएको प्रवक्ता ठाकुरले जानकारी दिए । प्रणालीमा निगमले परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोक्ने सरकारले निर्णय गरेको थियो । खाना पकाउने एलपी ग्यासको मूल्यमा भने निगमले नाफा नराख्ने गरी बिक्री गर्ने बताएको थियो ।