माओवादीमा जिम्मेवारी हेरफेर

दमक/ नेकपा माओवादी केन्द्रले पदाधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकका बीच प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारीको जिम्मेवारी हेरफेर गरेका हुन् ।
जसअनुसार वाग्मती प्रदेश इन्चार्जको जिम्मा जनार्दन शर्माले पाएका छन् भने वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मा दिइएको छ । यस्तै कोशी प्रदेशको इन्चार्जमा लिलामणि पोखरेल, मधेशको इन्चार्ज देवेन्द्र पौडेल, कर्णालीको इन्चार्ज चन्द्रप्रकाश खनाल र सुदूरपश्चिमको इन्चार्जमा डिलाराम आचार्य तोकिएका छन् ।


यसअघि वाग्मतीमा हितमान शाक्य, कोशीमा राम कार्की, मधेसमा गणेश साह, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज थिए । ००
Facebook Comments Box