दमक,९ असोज / झापाको दमक ५ स्थित बेलडाँगी रोडमा मेची फर्निचर उद्योगको सोरुम सञ्चालनमा आएको छ ।दमक- १ का पुजन शिवाकोटीले जर्मनी प्रविधिबाट बनेका फर्निचर सामग्रीहरुको किनबेचका लागि उक्त सो रुम सञ्चालनमा ल्याएका हुन् ।
विगत १५ बर्षदेखि फर्निचर सम्बन्धिको काममा क्रियाशील शिवाकोटीले सो सोरुम उद्घाटनका अवसर पारेर नजिकिएको दशैतिहार,छैठ जस्ता चाडपर्व भरि हरेक समान खरिदमा आर्कषक छुटसहित भाग्यसाली उपहार कार्यक्रम समेत राखिएको जानकारी दिए । शोरुममा रु १५ हजार माथिको आर्कषक संगै टिकाउयुक्त हुने पलङ्ग,दराज लगायतका घरायसी समानहरु छन् ।
व्यवसायिक फर्मको दमक नगरपालिकाकी कार्यवहाक नगर प्रमुख रेगिना भटट्राई प्रसाइँ र दमक उद्योग वाणिज्य संघले संयुक्त रुपमा उदघाटन गरेका छन् । उनले सो अवसरमा शुभकामना मन्तव्य राख्दै सरल मूल्यमा गुणस्तरीय र नयाँ प्रविधियुक्त सामग्रीहरुको सहज उपलब्धता आजको आवश्यकता भएको उल्लेख गरिन । उनले सरकारले तोकेका मापदण्डहरुको पालना गरेर मर्यादित व्यवसाय सञ्चालन गर्नुपर्ने बताउँदै युवाहरु स्वदेशमै स्वरोजगारको बाटोमा लाग्नु सुखद भएको उल्लेख गरिन् ।
सो अवसरमा दमक उद्योग वाणिज्य संघका तृतीय उपाध्यक्ष रुवल अधिकारी, कार्यसमिति सदस्यहरु हेमसिंह अधिकारी, होटल व्यवसायी संघका माइपश्चिम क्षेत्रीय समिति अध्यक्ष योगराज दंगाल, दमक जेसीजका पूर्व अध्यक्ष कमल कटुवाल लगायतका उद्योगी,व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box