औषधी व्यवसायी संघ झापाको अध्यक्षमा खड्का निर्वाचित

दमक/ नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाको अध्यक्षमा जीवनकुमार खड्का विजयी भएका छन् ।दमकमा शुक्रवार सम्पन्न दोस्रो जिल्ला अधिवेशनको निर्वाचनबाट खड्का अध्यक्षमा विजयी भएका हुन् ।विजयी भएका खड्काले १५४ मत प्राप्त गरि विजयी भए भने उनका प्रर्तिष्पर्धी प्रदिप खरेलले ११५ मत ल्याएका थिए ।
त्यस्तै, सचिवमा यज्ञराज कार्कीले १५१ मत प्राप्त गरि विजयी भए भने उनका प्रतिस्पर्धी प्रल्हादराम ढुंगानाले १२१ मत पाएको निर्वाचन समितिका संयोजक नरेन्द्र बरालले जानकारी दिए । ३६४ मतदाता रहेको संघको निर्वाचनमा २७६ मत खसेको थियो ।
संघको दोस्रो कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद अधिकारी, थोक उपाध्यक्षमा विवेक बजगाईं ,खुद्रा उपाध्यक्षमा राकेश शाह ,महासचिवमा विष्णुप्रसाद पौडेल, कोषाध्यक्षमा युवराज भट्टराई र उपकोषाध्यक्षमा लक्ष्मी पौडेल निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक बरालले जानकारी दिए ।
यसैगरि, थोक सदस्यमा विप्लव लिम्बू, खुद्रा सदस्यमा रेवती भण्डारी तथा खुला सदस्यहरुमा सुमन कोइराला, धमेन्द्र दंगाल र यामबहादुर विष्ट निर्विरोध निर्वाचित भए ।
रोयल पार्टी प्यालेसमा भएको संघको उदघाटन कार्यक्रममा संघका पूर्व अध्यक्षहरु सूर्यप्रसाद कोइराला, राजेन्द्र ढकाल, धनपति बराल, नरेन्द्र बस्नेत, विश्वनाथ दाहाल लगायत ७ जनालाई सम्मान गरिएको थियो ।
संघका केन्द्रीय अध्यक्ष प्रकाशकुमार खण्डेलवालको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गोकुल श्रेष्ठ, कोशी प्रदेश अध्यक्ष कुमार खतिवडा, औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्रलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

