दमकका ब्यवसायीसँग चाडपर्व लक्षित अन्तरक्रिया

दमक/ चाडपर्वको समय सुरु भएसंगै महंगी बढ्ने, बजारमा उपभोग्य बस्तुको कृत्रिम अभाव सिर्जना गराउने ,चोरी लुटपाट जस्ता अपराधिक घटना हुदैआएकोमा त्यसलाई नियन्त्रण गर्न नागरिक स्वम सजक हुनुपर्ने आज दमकमा आयोजित एक कार्यक्रमका वक्ताहरुले सरोकारवालाहरुले जोड दिएका छन् ।
नजिकिएको दशैतिहार, छैठ पर्वलाई लक्षित गरेर दमक उद्योग बाणिज्य संघले चाडवाड केन्द्रित सुरक्षा विषयमा सरोकारवालाहरुसंगको अन्तरक्रियामा बोल्दै सहभागि वक्ताहरुले शान्तिसुरक्षा,अमनचयन कायम गर्न प्रहरीको एक्लो प्रयास मात्र संभव नहुने भन्दै त्यसका लागि नागरिक सजक हुनुपर्ने जोड दिए ।
संघका अध्यक्ष गोपाल गुरागाईंको अध्यक्षता तथा दमक नगर उप प्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यतामा भएको अन्तरकृयामा कार्यक्रममा दमक उद्योग बाणिज्य संघका उपाध्यक्ष शुष्मा निरौला,प्रथम उपाध्यक्ष राजकुमार योङया,तृतीय उपाध्यक्ष ज्ञानु पौडेल,संघका लेखा संयोजक नेत्र चम्लागाई, होटल व्यवसायी संघका केन्द्रीय सदस्य भुपेन्द्र न्यौपाने, संघका सदस्य हेमसिंह अधिकारी , पत्रकार बिष्णु सुब्बा, विष्णु पौडेललगायतले नजिकिएको चाडपर्वलाई भयरहित बनाउन सवै लाग्नु पर्ने औल्याए ।
उनीहरुले बजार अनुगमन बढाउनु पर्ने, बिषेस सुरक्षा योजना बनाउनु पर्ने, बिग्रिएका सार्वजनिक बत्तीहरु मर्मत गर्नु पर्ने लगायतका सुझावहरु दिएका थिए ।
सरोकारवालाले उठाएका जिज्ञासाहरुको जवाफ दिँदै नगर उप प्रमुख रेगिना भट्टराईले बजार अनुगमनलाई तिब्रता दिईएको, कृत्रिम अभाव नगराउन, महंगी बढ्न नदिन व्यवसायीलाई सचेत गराईएको बताईन् । कुनै एउटा निकायले मात्रै सुशासन कायम गराउन असंभव रहेको भन्दै सबै नागरिक समेत सचेत बन्नु पर्ने उनीहरुको जोड थियो ।
कार्यक्रममा ईलाका प्रशासन कार्यालय दमकका प्रमुख महेश्वर तिम्सिना, ईलाका प्रहरी कार्यलय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक मनोज कुमार लामा, दमक वडा नम्बर १ का वडाअध्यक्ष हरि तिम्सिना, ७ का अध्यक्ष भिम पौडेल, ८ का अध्यक्ष धर्मप्रसाद दाहाल लगायतले उपभोक्ता सबै सचेत बने वजारमा हुने कालोवजारी नियन्त्रणमा आउने औल्याँए ।

