२३ कात्तिक, काठमाडौं /  नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङले जाजरकोट–रुकुम भूकम्प प्रभावितका लागि ५ करोड नेपाली रुपैयाँ सहयोग गर्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार बिहान बालुवाटारमा भएको भेटवार्तामा सीपीसी नेता वाङले प्रभावित क्षेत्रमा तुरुन्तै पुग्ने गरी सहयोग गर्ने बताएका हुन् ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटाका अनुसार वाङले चीन सरकारले गरेको भन्दा छुट्टै सहयोग घोषणा गरेका हुन् । ‘जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प प्रभावितका लागि तिब्बत सरकारले ५ करोड रुपैयाँ सहयोग दिने भन्नु भएको छ’, सापकोटाले भने ।

पाँच दिने भ्रमणका लागि बुधबार नेपाल आएका उनले प्रचण्डसँगको भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र हितका विषयमा छलफल भएको सल्लााहकार सापकोटाले जानकारी दिए ।

Facebook Comments Box