पूर्वराजा झापा आउँने

दमक/ पूर्वराजा ज्ञानेन्द्र शाह यही मंसिर ९ गते झापा जाने भएका छन् ।
शाहका संवाद सचिव फणिराज पाठकले शनिबार एक सूचना जारी गर्दै पूर्वराजा शाह बिर्तामोड नगरपालिका– १ मा रहेको इष्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको निमन्त्रणामा झापा आउँने जानकारी गराएका हुन् ।
शाहले मंसिर ९ गते कलेज प्राङ्गणमा बनेको पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्ने कार्यक्रम रहेको संवाद सचिव पाठकले जानकारी दिए ।


Facebook Comments Box