तामाङले गरे आत्महत्या, हस्दा मृत भेटिए

झापा/ कचनकवल गाउँपालिका–७ बैगुनवारीका ४१ बर्षीय हरि तामाङले आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् ।स्थानीय एसबीआई ईटाभट्टामा गाडी चलाउँदै आएका तामाङलाई छिमेकीले मृत फेला पारी प्रहरीलाई खबर गरेका थिए ।
गए राति अकस्मात् खुकुरी र लाइट लिएर बिरालो मार्ने भन्दै उनी घरबाट निस्किएका थिए । उनी घर नफर्किएपछि घरपरिवार र छिमेकीले राति नै खोजी गरेका थिए । उनका श्रीमती, एक छोरी र एक छोरा रहेका छन् ।घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।
हस्दा झुण्डिएको अवस्थामा मृत भेटिए
झापाको केर्खा बजार उत्तर जङ्गलमा एक जनाले झुण्डिएर आत्महत्या गरेका छन् । कमल–३,केर्खाको गोसलाईनमा बसोबास गर्ने ४५ बर्षिय लुखिराम हस्दा केर्खा बजार अलिक पूर्व उत्तर सानो खोल्सी छेउमा रुखमा झुण्डिएर आत्महत्या गरेका छन् ।
आइतवार राति अकस्मात खुकुरी र लाइट लिएर बिरालो मार्ने भन्दै उनी घरबाट निस्किएका थिए । उनी घर नफर्किएपछि घरपरिवार र छिमेकीले राति नै खोजी गरेका थिए । उनका श्रीमती, एक छोरी र एक छोरा रहेका छन् ।

