नेकपा (एमाले) गत मंसिर १४ गतेदेखि सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ जारी रहेको छ । उक्त अभियानका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको जम्बो टोली आजदेखि कोशी प्रदेश प्रवेश गरेका छन् । रामेछापमा कार्यक्रम सकाएर आजदेखि एमालेको जम्बो टोली कोशी प्रदेश छिरेको हो ।

कोशी प्रदेशमा पहिचानवादीहरुले एमालेका नेताहरुमाथि प्रतिबन्ध लगाएका छन् । पहिचानवादीहरुले एमालेलाई पहिचान विरोधी शक्तिका रुपमा ब्याख्या गर्दै आएका छन् । पहिचानवादीहरुले कोशीमा एमाले नेता योगेश भट्टराई, राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबे लगायतका नेतालाई निसाना बनाएर आक्रमसमेत गर्दै आएका छन् ।

यसै बीच  एमालेको संकल्प यात्रालाई कोशी प्रदेशमा प्रवेश रोक्ने अभियानमा रहेको पहिचानपक्षधरका नेता किराँतीसहित दर्जनबढी आन्दोलनकारी पक्राउ परेका छन । ऊनीहरुलाई हलेसी बाट प्रहरीले पक्राउ  गरेको किरात याक्थुङ चुम्लुङका केन्द्रिय महासचिव निरन्ति तुम्बापोले जानकारी दिइन् ।

 किराँतीसहित खोटाङ र भोजपुरबाट  किराँतीसहित राजेश राई, विजय रई, गन्जमान राई, उदिन राई, विदूर राई, मिना राई, दिनेश राई, पानामा राईलगायत पक्राउ परेको उदयपुरका पत्रकार राजेन्द्र दुष्टले जानकारी दिए । कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले नेता किराँतीसहित दशजना पक्राउ परेको पुष्टि गरे ।

एमालेको यात्रालाई अवरोध पुर्याउने उद्देश्यले पहिचान पक्षधरले अवरोध गर्ने चेतावनी दिँदै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन ।

 

Facebook Comments Box