दलहरूले मन्त्रालय भागबन्डा टुङ्गोमा पुर्याएका छन । सहमति अनुसार माओवादीले ५ मन्त्रालय पाएको छ र उसले सरकारमा पठाउने मन्त्रीहरूको नाम पनि टुंगो लगाएको छ । अधिकाम्स पुरानै अनुहारलाई दोहोर्‍याएको सुदन किराँति लाई भने यो पटक अटाएन ।


पर्यटन मन्त्रालयको जिम्मेवारीमा रहदा उत्कृष्ट कार्यसम्पादन गरेका मन्त्री किराँतीको सट्टामा यो पटक माओवादीले हितबहादुर तामाङ लाइ पठाउने निर्णय गरेको बुझिएको छ ।
कार्यसम्पादन राम्रो हुदाहुदै पनि , प्रचण्डले किराँती लाई सुरुदेखि नै नरुचाएको माओवादी श्रोत बताउछ । जुनसुकै बिशयमा खरो टिप्पणी गरेर चर्चामा आइराख्ने मन्त्री किराँतीका कारण कतिपय अबस्थामा प्रधानमन्त्री प्रचण्ड नै अफ्ट्यारोमा पर्ने गरेको श्रोतले बतायो ।
अरु पुरानै मन्त्रीलाई दोहोर्‍याएर पर्यटन मन्त्रालयको कुशल नेतृत्व गरेका किराँती लाई मात्रै बाहिर राख्ने प्रधानमन्त्रीको यो कदमप्रती कार्यकर्ता भने असन्तुष्ट हुनथालेका छन।

नेकपा माओवादी बाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री , उपमहासचिव वर्षमान पुन अर्थमन्त्री
, रेखा शर्मालाई संचार मन्त्री । त्यसै गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका रूपमा शक्ति बस्नेतले निरन्तरता पाउँदा हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् ।

Facebook Comments Box